किराँतीहरुको इतिहास पुस्तक सार्वजनिक

Prabhu Bank

काठमाडौं ।अनुसन्धाता जितमान राई ‘यलुङ’ द्वारा लिखित किराँत इतिहास तथा वंशावली पुस्तक सार्वजनिक भएको छ ।

Saftey Pads

पुस्तक किराँत राई यायोक्खा जिल्ला कार्यसमिति काठमाडौंले उँभौली चाडको अवसरमा राजधानीको टुँडिखेलमा आयोजना गरेको समारोहमा सार्वजनिक गरिएको हो ।

यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई र जिल्ला अध्यक्ष प्रमिला राईले शनिबार लोकार्पण गरेका हुन् ।

अनुसन्धाता राईले किराँत इतिहास तथा वंशावली पुस्तकमा किराँतहरूको मुन्दुम, धर्म, संस्कार, संस्कृति, पूर्वीय मिथक तथा भाषाहरूका आधारमा किराँत इतिहास तथा वंशावलीको पाटोलाई उजागर गरेका छन् ।

पुस्तक नेपाली भाषा खण्डको अनुसन्धान सामग्रीलाई जम्मा १२ अध्यायमा विभाजन गरिएको छ ।

अध्ययनको परिचय, पूर्व प्रकाशित कृतिहरूका सारसङ्क्षेप, कालको आधारमा किराँत जातिको अध्ययन, किराँत जातिको विविध शास्त्रीयगत अध्ययन, विविध जातिगत अध्ययन, धार्मिक, विविध चाड तथा पर्वहरूको अध्ययन रहेका छन् ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने

 

Maruti Cement