कोपा अमेरिकाको उपाधि ब्राजिललाई

Prabhu Bank

काठमाडौं । प्रतिष्ठित खेल कोपा अमेरिकाको उपाधि ब्राजिलले उठाएको छ ।

Saftey Pads

पेरुलाई ३–१ ले पराजित गर्दै कोपा अमेरिकाको यो सिजनको खेल ब्राजिलले जितेको हो । ब्राजिललका लागि ग्याब्रिएल जेससले एक गोल गरेर अर्को गोलमा सहयोगी भूमिका पनि निभाए ।

पछि उनी दोस्रो पहेँलो कार्ड खाएर मैदान छाड्न पनि बाध्य रहे । जेससले गोलको खाता खोलेयता एभरटनले दोस्रो गोल थपे। पेरुका लागि पाओलो गुरेरोले पेनाल्टीबाट एक गोल फर्काए ।

ब्राजिलको तेस्रो गोल रिचार्लिसनको नाममा रह्यो । ब्राजिलले कोपा अमेरिका जितेको १२ वर्षयता यो पहिलो पल्ट हो ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण बिहीबारदेखि
Maruti Cement