नेकपा नेताका अङ्गरक्षक कस्तुरीको बिना सहित पक्राउ

Prabhu Bank

काठमाडौं । पूर्वमन्त्री तथा सत्तारूढ दल नेकपाका नेता दीनानाथ शर्माका अङ्गरक्षक सहित छ जनालाई कस्तुरीको बिना कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

Saftey Pads

उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाण्डौ बाट प्रहरी हबल्दार बमबहादुर चन्दसहित छ जनालाई पक्राउ गरिएको हो ।
नेपाल प्रहरीको सुरक्षा महाशाखामा कार्यरत रही शर्माको अङ्गरक्षकका रुपमा खटिएका हवल्दार चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले कस्तुरीको बिना सहित सुकेधाराको डाँफे रेष्टुरेन्टबाट पक्राउ गरेको बताइएको छ । अन्य विवरण भने सोमबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन
Maruti Cement