खोटाङ कारागारमा झुण्डिएको अवस्थामा भेटियो कैदीको शव

Prabhu Bank

काठमाण्डौ । जिल्ला कारागार शाखा खोटाङमा एक कैदी मृत फेला परेका छन् ।

Saftey Pads

कर्तव्य ज्यान मुद्धामा कैदी जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

आइतबार साँझ पौने सात बजे समूहमा नदेखिएपछि खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको कारागारका प्रमुख चित्राखर आचार्यले बताए ।

श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भएका राई २० वर्षका लागि कारागार चलान भएका थिए । कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालत पुग्दा समेत दोषी सावित भएपछि उनीलाई जेल पठाइएको जनाइएको छ ।

अन्य सम्बन्धित समाचार:  इलाम: पोखरीमा डुबेर वृद्धको मृत्यु
Maruti Cement