काङ्ग्रेस नेता कार्की तेस्रो पटक लगनगाँठो कस्दै

Prabhu Bank

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक लगनगाँठो कस्ने भएका छन् । ६२ वर्ष लागेका कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग काठमाडौंको थापाथलीमा तेस्रो बिहेका लागि स्वयंवर गरेका हुन् ।

Saftey Pads

पूर्व अर्थ र जलश्रोतमन्त्री रहिसकेका कार्कीका पहिलो श्रीमतीबाट एक छोरी छिन्। यसअघि कार्कीका दुवै पत्नीको निधन भइसकेको छ। कार्कीकी पत्नी आँबु राणा कार्कीको २०७३ जेठ १७ गते निधन भएको थियो। उनको निधनको तीन वर्षपछि कार्कीले अर्को बिहे गर्न लागेका हुन्।

तर उनले विवाह गर्न लागेका बधुको नाम भने खुल्न सकेको छैन । कार्कीको टीकाटालोमा परिवारका सदस्य र काङ्ग्रेसका केही नेतालाई बोलाएका थिए। कार्कीको बिहे मितिबारे केही जानकारी गराइएको छैन।

अन्य सम्बन्धित समाचार:  प्रहरीलाई गोली हानेर भागेका अपहरणकारी पक्राउ
Maruti Cement