विजयपुर खोलाको डाइभर्सन बाढीले बगायो

Prabhu Bank

काठमाण्डौ । पोखरा महानगरको विजयपुर खोलामा बनाइएको डाइभर्सन पुल बाढीले बगाएको छ । विजयपुर खोलाको पक्की पुल जोखिममा परेपछि १० टन भन्दा बढीका सवारिसाधन आवत–जावत गर्न बनाइएको डाइभर्सन आइतबार राति आएको बाढीले बगाएको हो ।

Saftey Pads

बाढीले डाइभर्सन पुलमा प्रयोग गरिएको ह्युम पाइप बगाएर केही तल सम्म पुर्याएपछि समस्या भएको छ । डाइभर्सन बगाएपछि १० टनभन्दा बढी भार भएका गाडीको आवागमन नै बन्द भएको छ ।

बाढीले गर्दा यसअघि चर्किएर जोखिमयुक्त बनेको विजयपुरको पक्की पुलमा लगाएको फलामको सपोर्ट समेत बगाएको छ । जसका कारण पुलबाट सवारी आवागमन प्रभावित भएको छ ।

अन्य सम्बन्धित समाचार:  इलाम: पोखरीमा डुबेर वृद्धको मृत्यु
Maruti Cement