बाग्लुङमा दलितलाई मन्दिर प्रवेशमा रोक, व्रतबन्ध गर्नबाट बञ्चित

Prabhu Bank

काठमाण्डौ । बाग्लुङको एक शिवालय मन्दिरमा दुई जना बालक दलित भएकै कारण व्रतबन्ध गर्नबाट बञ्चित भएका छन् । गल्कोट नगरपालिका–१, दुदिलाभाटीबजारमा अवस्थित शिवालय मन्दिरमा आइतबार स्थानीय १२ बर्षिय जुम्लाहाभाईहरू लोक बहादुर सुनार र कर्ण बहादुर सुनारलाई पुजारीले मन्दिर प्रबेशमै रोेक लगाएपछि व्रतबन्ध गर्नबाट बञ्चित भएका हुन् ।

Saftey Pads

मन्दिरमा व्रतबन्ध गर्न लगियो, तर मन्दिरका पुजारी बलाराम सुवेदीले आशयपूर्ण ढंगले मन्दिरको ढोका नै नखोलिदिएको पिडित पक्षको भनाइ छ ।  ति दुई भाईलाई लिएर गएका स्थानीय मन प्रसाद सुनार, गन प्रसाद सुनार र सोम बहादुर सुनारले सो मन्दिरमा व्रतबन्ध गर्न पुजारी सामु हजारौ पटक बिन्ती गरे । तर, पुजारीले दलित भएकै कारणले मन्दिरमा व्रतबन्ध गर्न नदिएको उनीहरूको भनाइ छ । यसरी बिनाकारण मन्दिरको ढोका नखोलिदिनु आशयपूर्ण ढंगले जातिय बिभेद भएको कानुनविद्हरू बताउँछन् ।

अन्य सम्बन्धित समाचार:  प्युठान: भतिजाले बाँदर धपाउन हानेको गोली लागेर काकाको ज्यान गयो

ती दुई जुम्लाहा भाईका बाबु तारा बहादुर सुनारको गत शुक्रबार कुवेतमा आकस्मीक निधन भएको छ । उनको लास यही हप्ता नेपाल आउने क्रममा छ । बाबुको क्रिया गर्नका छोराहरूको व्रतबन्ध गर्न भनि त्यो मन्दिरमा लगिएको थियो । तर, पुजारीको सो व्यवहारले उनीहरूलाई थप पिडा दिएको छ । बाबुको क्रिया गर्न छोराको बर्तबन्ध भएको हुनुपर्ने धार्मिक मान्यता छ । मन्दिरमा व्रतबन्ध गर्न नपाएपछिएक जना स्थानीयको गाई मार्फत बैकल्पीक धार्मिक प्रक्रिया अपनाएर उनीहरुको बर्तबन्ध गरिएको छ ।

लगभग ५ बर्ष अघि स्थानीय निल बहादुर खड्काले आफ्नै लगानीमा सो मन्दिर निर्माण गरेर समाजलाई हस्तान्तरण गरेका थिए । दुदिलाभाटीका स्थानीयको सल्लाहमा नै बलाराम सुवेदीलाई सो मन्दिरको पुजारी बनाइएको हो । तर, ति पुजारी सुवेदीले पटक पटक सो मन्दिरमा जातिय विभेदको व्यवहार देखाउँदै धर्मका नाममा पाप गर्दै आएका छन् । साथै, यस्तो अवस्थामा उनिमा कुनै मानविय भावना नदेखिएको पिडित पक्षको भनाई छ ।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

यसअघि २०७४ सालको शिवरात्रीमा पनि सो मन्दिरमा दलित समुदायका महिलालाई पुजा गर्न उनीहरुले रोक लगाएको उदाहरण छ । पछि स्थानीयहरुले गाउँभेला राखेर सो मुद्दालाई साम्य पारियो । तत्कालिन अवस्थामा आगमी दिनमा यस्तो व्यवहार नदेखाउने पुजारीहरुको पनि प्रतिवद्धता थियो । तर, ति  पुजारीले अहिले आएर यस्तो व्यवहार देखाउँदा त्यहाँको दतिल समुदाय चिन्तीत भएका छन् ।

पुजारीले स्थानीयको सहभागीतामा सामुहिक रुपमा माफी माग्नु पर्ने उनीहरुको माग छ । नभए, जातीय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने उनीहरुको तयारी छ ।

मन्दिर प्रवेशमा रोक लगाउने पुजारी बलाराम सुवेदी 

Maruti Cement