प्रधानसेनापति थापा अमेरिका प्रस्थान

Prabhu Bank

काठमाण्डौ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गरेका छन् ।
ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी (डब्लूपीएस) सीएचओडीएस नेटवर्क बैठकमा सहभागी हुन र असार २६ गते राष्ट्रसंघले गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति अमेरिका प्रस्थान गरेका हुन् ।

Saftey Pads

थापा साउन १ गते स्वदेश फिर्ता हुने जङ्गी अड्डाले जनाएको छ ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले जनाएको छ ।

प्रधानसेनापति थापालाई बालाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

अन्य सम्बन्धित समाचार:  भारतीय गुप्तचरसितको भेटले प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा
Maruti Cement