एसीसी यू–१९ इस्टर्न रिजनको फाईनलमा नेपाल

Prabhu Bank

काठमाण्डौ । मलेसियालाई ७ विकेटले हराउँदै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भर्खरै मलेसियाका किनरारा ओभल मैदानमा घरेलु टिमलाई निराश पार्दै नेपालले पुनः आफूलाई उत्कृष्ट सावित गरेको हो ।

Saftey Pads

नेपालले ४०.५ओभरमा ८७ रनमा मलेसियालाई अलआउट गरेको थियो । नेपालका लागि सागर ढकालले ३, कुशल मल्लले २, कमल सिंह ऐरी, राशिद खान र तिलक सिंह भण्डारीले १ विकेट लिएका थिए ।

८८ रनको लक्ष्यलाई नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ६० रनको साझेदारी गरे । नेपालले मंगलबार फाइनलमा हङकङ र सिंगापुरबीचको बिजेतासँग खेल्नेछ ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा चेन्नई सुपर किंग्स विजयी
Maruti Cement