अवैध रुपमा नेपाल प्रवेश गरेका विदेशी नागरिक पक्राउ

Prabhu Bank

काठमाण्डौ । नेपालमा अवैध रुपमा प्रवेश गरी बस्दै आएका एक विदेशी नागरिक पक्राउ परेका छन्।

Saftey Pads

अवैध रुपमा बस्दै आएका र लागूऔषध प्रयोग गरी होहल्ला गर्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई पर्यटक प्रहरीले कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडबाट आइतबार पक्राउ गरेको हो।

उनले लेकसाइड, खहरे, पृथ्वीचोक सहितका क्षेत्रमा लागूऔषध सेवन गरी होहल्ला गर्ने गरेको प्रहरीको भनाई छ। भारतबाट नेपाल प्रवेश गरेका उनको साथमा पासपोर्ट, भिसा सहितका कागजात नरहेको पर्यटक प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि अध्ययागनम कार्यालय पोखरामा बुझाइएको छ ।

अन्य सम्बन्धित समाचार:  महानवमीमा तलेजु भवानी नखुल्ने
Maruti Cement