चलचित्र ‘यो माया कस्तो मायाको’  ‘हुन्न है’ 

Prabhu Bank

काठमाण्डौ । नेपाली चलचित्र ‘यो माया कस्तो माया’को दोस्रो गीत सार्वजनिक गरिएको छ। किसान पोखरेलको निर्देशनमा तयार भएको चलचित्र ‘यो माया कस्तो माया’को ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरिएको हो ।

Saftey Pads

अर्जुन पोखरेलको सङ्गीत, अम्बिका शर्माको शब्द, शिवानी मोक्तान र उद्धिपध्वज थापाको आवाज रहेको छ । गीतमा दिवस धिताल र रितु पौडेल फिचरीङ छन्। कोरियोग्राफी भने कविराज गहतराजको रहेको छ । दिव्य सुवेदीको छायाङ्कन रहेको छ भने सम्पादन अर्जुन जिसिले गरेका छन ।

चलचित्रका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माता हरुमा इन्द्र रजक, समृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोविन्द बर्देवा राजु रहेका छन् ।

पूर्ण रुपमा प्रेमकथामा आधारित रहेका ‘यो माया कस्तो माया’को रिलिज मिति भने तय गरिएको छैन ।

Maruti Cement