सिरिन्ज आक्रमणमा संलग्न एकजना बनेपाबाट पक्राउ, स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

Prabhu Bank

काठमाडौं । युवतीमाथि सिरिन्ज हानेको आरोपमा काभ्रेमा एक जना पक्राउ परेका छन्। बनेपाको चारदोबाटो बाट प्रहरीले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरेको हो ।

Saftey Pads

स्थानीयवासी कारबाहीको माग गर्दै प्रहरी चौकी घेर्न पुगेका छन् । बनेपा बजारमा तनाव भएपछि अहिले ठुलो संख्यामा प्रहरी परिचालित भएको छ। सिरिन्ज हान्ने व्यक्ति पक्रेको थाहा पाएपछि स्थानीयले कारबाही माग गर्दै प्रहरी कार्यालय घेरेका हुन्।

त्यही क्रममा प्रहरी र स्थानीय बीच तनाव भएको हो । बनेपाको चारदोबाटोमा अहिले ठुलो सङ्ख्यामा भीड जम्मा भएको छ। सोमबार बसमा सवार र पैदल हिँडिरहेका दुई महिलाले आफूहरु माथि सिरिन्ज आक्रमण भएको बताएका थिए।
तर पक्राउ परेका पाठकले आफूले कसैलाई सिरिन्ज नहानेका बताएका छन्।

अन्य सम्बन्धित समाचार:  बूढानीलकण्ठ मन्दिरमा एकादशीको दिन मेला नलाग्ने

इलाका प्रहरी कार्यालय बनेपाले घटनाको पुष्टि गर्दै एकजनालाई पक्राउ गरी हिरासतमा लिएको जानकारी दिएको छ । हिरासतमा लिइएका पाठकमाथि अनुसन्धान अघि बढाइसकिएको प्रहरीले जनाएको छ ।  सिरिन्ज हानिएको भनिएका युवतीलाई अहिले स्वास्थ्य जाँचका लागि शिर मेमोरियल अस्पतालमा लगिएको छ ।

Maruti Cement