मन्त्रिमण्डल विस्तारमा महिला प्रतिनिधित्व गरिन्छः कार्की

Prabhu Bank

काठमाण्डौ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तारमा महिलाको सहभागीता सुनिश्चित गरिने बताएका छन् ।

Saftey Pads

प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री कार्कीले सरकार विस्तार हुँदा महिलाको मन्त्रिमण्डलमा सहभागिता हुने बताए ।

सरकार गठन भएको १६ महीनासम्म पनि सरकार विस्तार नभएको र महिलाको मन्त्रिमण्डलमा सहभागिता नभएको भन्दै आलोचना बढिरहेको बेला कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका कार्कीले मन्त्रिमण्डलमा महिलाको प्रतिनिधित्व हुने बताए ।

उनले सरकारले पूर्णता पाउन नसकेको स्वीकार गर्दै विभागीय मन्त्री नभएका दुई ओटा मन्त्रालयमा महिलाको प्रतिनिधित्व हुने बताए ।

Maruti Cement