राखेपको सदस्य सचिवमा रमेश सिलवाल

Prabhu Bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन्।

Saftey Pads

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नवनियूक्त सदस्य सचिव सिलवाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो । यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत पनि दावेदार थिए ।

गोल्डेन गेट कलेजका सञ्चालकसमेत रहेका सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष हुन्।

अन्य सम्बन्धित समाचार:  लंका प्रिमियर लिगमा सन्दीप लामिछाने असफल
Maruti Cement