पोखरामा ढुंगाले हानेर आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

Prabhu Bank

काठमाण्डौ । पोखरा महानगरपालिका १७ विरौटा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।  पोखरा २२ पुम्दीभुम्दी घर भइ पोखरा १७ मा बस्दै आएका ४५ वर्षीय ध्रुव भन्ने वीरबहादुर सुनारले श्रीमती गंगामायालाई ढुंगाले हानी हत्या गरेका हुन् ।

Saftey Pads

४० वर्षीया गंगा सुनारलाई टाउकोमा ढुंगाले हानी हत्या गरी फरार भएपछि प्रहरीले सोमबार दिउँसो वीरबहादुरलाई पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी सहायक निरीक्षक कुल बहादुर रोक्काको कमाण्डमा खटिएको टोलीले पोखरा २२ कालीमाटीबाट उनलाई पक्राउ गरेका थियो।

उनी पोखरा १७ बिरुवास्थित तुलसी थापाको कुखुरा फर्ममा काम गर्दै आएका थिए। गंगामाया वीरबहादुरकी कान्छी श्रीमती हुन्।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement