नक्कली सुन देखाएर ठगी गर्ने समूह बौद्धबाट पक्राउ

Prabhu Bank

काठमाडौँ । काठमाण्डौमा नक्कली सुन देखाएर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पाँच जनालाई बौद्धको पिपलबोटबाट नियन्त्रणमा लिएको हो।

Saftey Pads

पक्राउ पर्नेहरूमा तीन महिला र दुई पुरुष रहेका छन्। चितवन भरतपुर घर भएकी ३९ वर्षीय टनु घिमिरे पन्त, काठमाडौँ घर भएकी ३४ वर्षीय सस्मिता आचार्य, गोरखाकी ६५ वर्षीय जाम्मु लामा,सुनसरी इनरुवाका ३४ वर्षीय जीवन धामि चौधरी र सिन्धुपाल्चोक बालचोक गाउँपालिकाका २२ वर्षीय उमेश सुनार रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले नक्कली सुन १ किलो बरामद गरेको छ।

अन्य सम्बन्धित समाचार:  र्‍यापर भीटेनलाई कारबाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन
Maruti Cement