विराटनगरमा तरकारीको विषादी परीक्षण सुरु

Prabhu Bank

विराटनगर । विराटनगरमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न सुरू गरिएको छ। प्रदेश १ सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएपछि विषादी परीक्षण सुरु गरिएको हो।

Saftey Pads

विषादी अवशेष परीक्षण द्रुत प्रयोगशाला इकाइको स्थापना गरेर सोमबारबाट परीक्षण सुरू गरिएको भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए ।

प्रयोगशाला स्थापना भएसँगै मन्त्रालयले किसान र उपभोक्ताले विषादी परीक्षण गर्न सक्ने बताए । बाली संरक्षण अधिकृत मुकेश यादवका अनुसार प्रयोगशालामा आवश्यक सामग्रीको व्यवस्थापन मिलाइएको छ ।

उपभोक्ताले बजारका तरकारी तथा फलफूलको विषयमा शंका लागे प्रयोगशालामा ल्याएर परीक्षण गर्न सक्ने बताए ।
मन्त्रालयका सचिव विष्टले धरानमा समेत आगामी असोजसम्ममा विषादी परीक्षण प्रयोगशाला इकाइ स्थापना गरिसक्ने सरकारको योजना रहेको बताए ।

अन्य सम्बन्धित समाचार:  सरकारविरुद्ध भ्रमपूर्ण प्रचार: प्रधानमन्त्री ओली

विराटनगर भारतबाट आयात हुने तरकारीको खपत हुने क्षेत्र हो । प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा प्रयोगशाला स्थापना भएको हो ।

Maruti Cement