चार देशका राजदूतहरु अनुमोदित

Prabhu Bank

काठमाडौं संसदीय सुनुवाइ समितिले चार देशका राजदूतलाई अनुमोदन गरेको छ ।

Saftey Pads

गत २३ जेष्ठमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय लिई प्रस्ताव गरेका चार राजदूतविरुद्ध उजुरी हाल्ने दुई उजुरीकर्ता सुनुवाइ समिति बैठकमा अनुपस्थित भएपछि समितिले नाम अनुमोदन गर्ने निश्‍चित भएको थियो ।

संसदीय समितिले अस्ट्रेलियाका लागि महेशराज दाहाल, बङ्गलादेश वंशीधर मिश्र, कतार नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पाको नाम अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ समितिको बैठक आज बिहान र अपराह्‍न दुईपटक बसेको थियो । बिहानको बैठकमा बङ्गलादेशका लागि प्रस्तावित राजदूत मिश्रसँग समितिले छलफल गरेको थियो भने अपराह्‍न बाँकी तीनसँग छलफल गरेको थियो ।

 

 

अन्य सम्बन्धित समाचार:  दसैंको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिदैं
Maruti Cement