इजरायलसँग रोजगार माग्दै नेपाल

Prabhu Bank

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल सरकारसँग नेपालीलाई रोजगारी दिन आग्रह गर्ने भएको छ ।

Saftey Pads

यसअघि नै परीक्षणका रूपमा नेपाली श्रमिक लैजान थालेको इजरायलले बीचमै कोटा रोकेपछि अहिले नेपाली श्रमिक इजरायल जान पाएका छैनन् ।

कोटा रोकेको विषयमा इजरायलसँग कुरा भइसकेको र इजरायल थप रोजगारी दिन तयार रहेको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालीलाई केयरगिभर, पर्यटन र होटल क्षेत्रमा रोजगारी दिन इजरायल तयार छ । नेपालको आग्रहअनुसार इजरायलले नेपाली श्रमिक लैजान तयार भए श्रम समझदारीसमेत गरिने बताइएको छ ।

इजरायलले कृषि क्षेत्रमा वार्षिक ५ सयजना प्रशिक्षार्थी लैजाने गरेको छ । यो कोटा पनि थप गर्न आग्रह गर्ने सरकारको तयारी

अन्य सम्बन्धित समाचार:  पाकिस्तानमा बम विष्फोटमा सातको मृत्यु

यसअघि नेपाल र इजरायलबीच पहिलो चरणमा १ सय २० जना श्रमिक लैजाने सहमति भएको थियो । त्यसपछि इजरायलले थप कामदार लैजाने जनाए पनि परीक्षणका रूपमा लैजाने भनिएका सबै कामदार जान पाएनन् ।

सरकारको निर्णयसँगै इजरायल नेपाली श्रमिकको आकर्षक गन्तव्य बनेको थियो ।

सरकारी माध्यमबाट इजरायल जाँदा करिब एक लाख रुपैयाँ खर्च लागे पनि कमाइ मासिक डेढ लाख रुपैयाँ हुने भएपछि धेरैको रोजाइको गन्तव्य बनेको हो ।

 

Maruti Cement