मेस्सीलाई थप कारबाही हुने

Prabhu Bank

काठमाडौं । विश्व फुटबलका खेलाडी तथा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ अन्तर्गत रेफ्रीको निर्णयप्रति दिएको प्रतिक्रियालाई लिएर समस्यामा पर्ने देखिएको छ ।

Saftey Pads

दक्षिण अमेरिकाको फुटबल संघ (कन्मेबल) ले उनको प्रतिबन्ध बढाउने तयारी गरेको छ । ब्राजिलविरुद्ध सेमिफाइनल खेलमा पराजित भएपछि मेस्सीले रेफ्रीले ब्राजिलको समर्थन गरेको आरोप लगाएका थिए ।

त्यसपछि तेस्रो स्थानको खेलमा मेस्सीले रातो कार्ड पाएपछि उनले प्रतियोगितामा रेफ्रीहरुको स्तरमाथि प्रश्न उठाउँदै आफूप्रति रिस फेरेको अभिव्यक्ति दिएका थिए । चिलीविरुद्ध रातो कार्ड पाएसँगै मेस्सीले अर्जेन्टिनाको लागि अर्को खेल खेल्न पाउने छैनन् ।

तर कन्मेबलले मेस्सीले दिएको अभिव्यक्तिलाई लिएर उनलाई थप कारबाही गर्ने बुझिएको छ । सन् २०१७ मा रेफ्री एमर्सन अगुस्टोको निर्णयप्रति असहमति देखाउँदै दिएको अभिव्यक्तिलाई लिएर मेस्सीले ४ खेलको प्रतिबन्ध भोगेका थिए । पछि उक्त प्रतिबन्धलाई १ खेलमा झारिएको थियो ।

अन्य सम्बन्धित समाचार:  ब्रुनाईका राजकुमार अजिमको असामयिक निधन

 

 

Maruti Cement