वाशिङ्टनमा अचानक बाढी, ह्वाइट हाउस प्रभावित

Prabhu Bank

काठमाडौं ।  अमेरिकाको राजधानी वाशिङ्टन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ ।

Saftey Pads

ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका बीबीसीले जनाएको छ ।  बाढीका कारण भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो ।

त्यस्तै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत पानीबाट प्रभावित भएको थियो । बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भएको बताइएको छ ।

मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ ।

प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन आग्रह गरेको छ ।

अन्य सम्बन्धित समाचार:  टर्की र ग्रीसमा ७ रेक्टरको भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
Maruti Cement