बर्दियाको वडा कार्यालयमा विप्लव कार्यकर्ताद्वारा आगजनी, प्रहरी निरीक्षक गम्भीर घाइते

बर्दिया । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले बर्दियाको एक वडा कार्यालयमा आगजनी गरेको छ। सोमबार राति विप्लव समुहका कार्यकर्ताले गेरूवा गाउँपालिका वडा नं ६ को कार्यालयमा आगजनी गरेको हो ।

वडा कार्यालयमा आगजनी भएको सूचना पाए लगत्तै प्रहरीको टोली घटना स्थल पुगेको थियो । आगो नियन्त्रण लिने क्रममा वडा कार्यालय रहेको घरको छत खसेपछि नेपाल प्रहरीका प्रहरी निरीक्षक यम बहादुर मल्ल घाइते भएका छन् ।

घाइते प्रहरी निरीक्षक मल्लको बाँकेको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रहरी उपरीक्षक मदनजित महराले जानकारी दिए।

आगजनीका कारण वडा नं ६ का सम्पूर्ण कागजपत्र जलेर नष्ट भएको छ । आगजनी गर्नेहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी