दार्चुलामा युवकयुवती झुण्डिएको अवस्थामा फेला

Prabhu Bank

दार्चुला । दार्चुलामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका–४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

Saftey Pads

उनीहरूले सोमवार राति ८ बजे खाना खाएर बिहान चाँडै उठाइदिनु भनेर कोठामा गएको होटल सञ्चालक जानकी विष्टले बताइन्। घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी दीपेन्द्र शाही घटना स्थल पुगेका छन्।

घटना स्थलको अध्ययनपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले बताए।

अन्य सम्बन्धित समाचार:  चन्द्रागिरि र गोदावरीमा द्ई जना मृत फेला

मृतकहरू दाजुबहिनी नाता पर्ने स्थानीयले बताएका छन्। मनिषाको दुई महिनाअघि विवाह भएको थियो।

Maruti Cement