पोखरीमा डुबेर सिरहामा नाबालिकाको मृत्यु

Prabhu Bank

सिरहा । पोखरीमा डुबेर सिरहामा एक नाबालिकाको मृत्यु भएको छ।

Saftey Pads

सार्वजनिक पोखरीमा खेल्ने क्रममा औरही गाउँपालिका–५ बबनटोलीका स्थानीय भरत यादवको अढाई वर्षीया छोरी अन्सु यादवको मृत्यु भएको हो।

पोखरीमा डुबेर सिकिस्त भएकी अन्सुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र औरही लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास
Maruti Cement