अख्तियार दुरूपयोगसम्बन्धी दुइवटा विधेयक संसदमा दर्ता गर्ने

Prabhu Bank

काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी दुई विधेयक संसदमा दर्ता हुने भएको छ। आज बसेको मन्त्रिरिषद् बैठकले दुई विधेयकमा सैद्धान्तिक सहमति जुटाएर संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

Saftey Pads

नयाँ विधेयक अनुसार अब सहकारी तथा वित्तीय संस्थाहरू पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनको दायराभित्र पर्नेछन्। नेपालमा वित्तीय कारोबारहरूमा अपराध बढ्यो भनेर अन्तर्रा्ष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतले छुट्टै कानुन बनाएर भएता पनि वित्तीय कारोबारसम्बन्धी अनियमितता अख्तियारले हेर्नुपर्छ भन्ने सुझाव बारम्बार आएको थियो।

त्यही सुझावलाई आधार मानेर यो विधेयकको ड्राफ्ट गरिएको मन्त्रिपरिषद् स्रोतले बताएको छ। अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वित्तीय संस्थाहरूको छानबिन गर्न पाउने प्रावधान छैन।

अन्य सम्बन्धित समाचार:  बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

यस्तै, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको अनुचित कार्य छानबिनसम्बन्धी अख्तियारको अधिकार कटौती हुने गरी पुरानो ऐनमा संशोधनसहितको विधेयक पनि संसदमा दर्ता हुने भएको छ।

यसअघि अख्तियारले सार्वजनिक पद धारण गरेका व्यक्तिको अनुचित कार्यसम्बन्धी छानबिन गर्न पाउने प्रावधान थियो। तर अख्तियारको सो अधिकार कटौती हुनेगरी नयाँ संविधान बनेपछि मन्त्रिपरिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन संशोधन प्रक्रिया सुरू गरेको हो।

Maruti Cement