आफ्नै आमा र हजुरआमाको हत्या गरेका युवालाई जन्मकैदको फैसला

Prabhu Bank

काठमाण्डौ । दैलेख जिल्ला अदालतले आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई जन्मकैदको फैसला गरेको  छ। कोदालो प्रहार गरी आमा र हजुरआमाको हत्या गर्ने नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।

Saftey Pads

उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेका थिए । बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत ज्यान मार्न खोजेको भन्ने कसूरमा अदालतले दुई वर्ष कैद र रु २० हजार जरिवाना भएको बताइएको छ ।

दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट सोमबार उक्त फैसला भएको हो । घरायसी विवादमा रुखमा गएर नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न सम्झाउँदा आमा पार्वतीको हत्या गरी त्यसपछि करीब ४०० मिटर टाढा आफ्नै घरमा हजुरआमा जुवारालाई घाइते बनाएका थिए ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा विरुद्ध ३ वटा उजुरी

घटना विवरणअनुसार पासो खोल्न जाँदा आफैँमाथि आक्रमण गर्न खोजेका छोराबाट जोगिन भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला आमा पार्वतीलाई कोदालोले टाउकोमा प्रहार गरिएको चोटले घटनास्थलमै ज्यान गएको थियो ।

आमाको ज्यान गइसकेपछि आफ्नो घरमा माथिल्लो तलामा काम गर्दै गरेकी हजुरआमा जुवारालाई पनि कोदालो प्रहार गर्न खोजेपछि दौडँदै तल्लो तलामा पुगेको बेला त्यही कोदालोले हिर्काएर घाइते बनाएका थिए । जुवाराको उपचारको क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको थियो । छिमेकीलाई आतङ्कित पारेको भन्ने सूचनाको आधारमा तत्काल घटनास्थल पुगेको प्रहरीलाई समेत बालारामलाई नियन्त्रणमा लिन मुस्किल परेको थियो ।

Maruti Cement