जङ्गली च्याउ खाँदा ललितपुरमा एकको मृत्यु, दुई जना बिरामी

Prabhu Bank

काठमाण्डौ । जङ्गली च्याउ खाँदा ललितपुरमा एक जनाको मृत्यु भएको छ।  ललितपुरको लामाटारमा जङ्गलबाट ल्याएको च्याउको तरकारी खाएकी मिरा बयलकोटीको ज्यान गएको हो । च्याउ खाएर अन्य दुई जना बिरामी परेका छन् ।

Saftey Pads

सोमबार बेलुकी च्याउको तरकारी खाएर बिरामी भएकी महालक्ष्मी नगरपालिका–९ की बयलकोटीको उपचारको क्रममा किष्ट अस्पतालमा मङ्गलबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

च्याउको तरकारी खाएर बिरामी भएका बर्दियाका हिक्मत ज्ञवाली र विमल थापाको पाटन अस्पतालमा उपचार भैरहेको छ ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement