धनकुटामा राप्रपा जिल्ला सभापतिसहित २१ जनाद्धारा पार्टी परित्याग

Prabhu Bank

धनकुटा । धनकुटामा राप्रपा (प्रजातान्त्रिक)का जिल्ला सभापति, उपसभापतिलगायत नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

Saftey Pads

सोमबार धनकुटा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै सभापति कुमारबहादुर थापा, उपसभापति टीकाप्रसाद घिमिरे, क्षेत्र नम्बर १ क्षेत्रीय सभापति धर्मध्वज राई, क्षेत्र नम्बर २ क्षेत्रीय सभापति श्यामबहादुर गुरुङलगायत २१ जनाले पार्टी परित्याग गरेका हुन्।

थापा २७ वर्षयता राप्रपा धनकुटाको सभापति पदमा थिए। पार्टी परित्याग गर्नेमा २१ जनामा जिल्ला समितिका १६, तीन जना क्षेत्रीय समिति र दुई जना नगरपालिका सभापति रहेका छन्।

पार्टी केन्द्रमा स्वार्थ समूह मात्रै हावी भएको, पार्टीले देश र जनताको हितमा काम गर्न नसक्ने निष्कर्षसहित पार्टी परित्याग गरेको सभापति कुमारबहादुर थापाले बताए। उनले पार्टी स्वार्थका लागि गएको र विदेशीको दास बनेको र कार्यकर्तालाई दासी बनाएको आरोप समेत लगाए।

अन्य सम्बन्धित समाचार:  अमेरिकी निर्वाचन : चार करोडले गरे अग्रिम मतदान
Maruti Cement