विप्लवका पोलिटब्युरो सदस्य जीवन्त पुनः पक्राउ

Prabhu Bank

काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले पुनः पक्राउ गरेको छ।

Saftey Pads

सुनसरी प्रहरी हिरासतमा रहेका जीवन्तलाई सोमबार जिल्ला अदालत सुनसरीले साधरण तारेखमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशसँगै रिहा भएका उनलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो।

पुन पक्राउ गरेसँगै उनलाई नुवाकोट लैजाने तयारी भएको बताएको छ। यसअघि पनि रिहा भए लगत्तै पक्राउ परेका जीवन्तमाथि प्रहरीले राजद्रोह, बम विष्फोट र संगठित अपराधको मुद्दा चलाएको छ।

त्यस्तै सोमबार नै आदलतका आदेशबाट नेकपाका केन्द्रीय सदस्यसहित ४ नेता रिहा भएका छन्। रिहा हुनेहरुमा चुडामणि ओली ‘आदर्श’, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’, धनकुटा इन्चार्ज बाबुराम राई ‘विवश’ र मिनबहादुर राई रहेका छन्।

अन्य सम्बन्धित समाचार:  'रअ' प्रमुखसँग प्रधानमन्त्रीकाे भेट आपत्तिजनक: नेकपा नेता रावल

उनीहरुलाई प्रहरीले गत बैशाख ७ गते पक्राउ गरेको थियो। रिहा भएका ४ जना आफ्न्तको सम्पर्कमा पुगिसकेको बताइएको छ।

Maruti Cement