कांग्रेस र राजपाले गरे संसद अवरोध

Prabhu Bank

काठमाण्डौ । सर्लाहीमा भएका दुईवटा गोलीकाण्डलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसदमा अवरोध गरेका छन्।

Saftey Pads

सर्लाहीको लालबन्दीमा विप्लवका जिल्ला इन्चार्ज र इश्वरपुरमा एकजना युवकको प्रहरीको गोलीबाट ज्यान गएको घटनालाई लिएर प्रतिपक्षी दलले सदनमा अवरोध गरेका हुन्।

संसदमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाहीमा भएका दुई हत्याकाण्डलाई राज्य आतंकको संज्ञा दिँदै संसदीय समिति बनाउन माग गरे।

सत्तारुढ दलका सांसद खगराज अधिकारीले गृहमन्त्रीले दुवै घटनाको बारेमा जवाफ दिइसकेको अवस्थामा संसद अवरोध गरेर प्रतिपक्षीले गैर संसदीय चरित्र देखाएको आरोप लगाए। प्रतिपक्षी दलको अवरोधपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटमा लागि स्थगित गरेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता सम्पर्कमा आएनन्: सुनुवाइ प्रक्रिया लम्बियो
Maruti Cement