तरकारीको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट

Prabhu Bank

काठमाडौं । भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

Saftey Pads

स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको छ।

विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वास्थ्य खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रीट दर्ता गराएका हुन् ।

गर्भवती महिलाले विषादी मिसिएको खाद्य खाँदा भ्रूणलाई पनि असर गर्ने र सुरक्षित मातृत्व र बाल विकासको हक हनन् हुने रिटमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  नेकपाका प्रवक्ता श्रेष्ठले भने, प्रधानमन्त्री ओलीको गोयलसितको भेट कूटनीतिक मर्यादाविपरीत
Maruti Cement