प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

Prabhu Bank

काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जिकरण विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। विभागले मंगलबार बिहान वालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई परिचयपत्र वितरण गरेको हो।

Saftey Pads

विभागका महानिर्देशक दिपक काफ्लेले पहिलो चरण अन्तर्गत सबैभन्दा पहिला पाँँचथरमा परिचयपत्र वितरण गरिएको जानकारी दिए। उनले पाँचथरमा ८० हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको बताए।

परिचयपत्र लिदै प्रधानमन्त्री ओलीले अभियानको सफलताको शुभकामना व्यक्त गरे । विभागले राष्ट्रिय परिचयपत्र वितरण २ वर्षमा सक्ने जनाएको छ। हालसम्म सात हजार निजापति कर्मचारीलाई परिचयपत्र वितरण गरिसकेको विभागले जनाएको छ।

आठ वर्षको गृहकार्यपछि सरकारले शुरुमा पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । चिप प्रविधिमा आधारित बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । तत्कालका लागि नागरिकता लिएका व्यक्तिलाई मात्र राष्ट्रिय परिचयपत्र दिइनेछ  । पछि सबै नागरिकलाई वितरण गर्ने योजना सरकारको छ।

अन्य सम्बन्धित समाचार:  खोटाङ जिप दुर्घटनामा तीनको मृत्यु
Maruti Cement