नेकपामा पुरानैलाई फेरी जिल्ला इन्चार्ज तोक्ने

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पूरानैलाई फेरि जिल्ला इन्चार्ज तोक्ने सहमति जुटेको छ। सोमबार बिहान जुटेको सहमति अनुसार ७७ जिल्लाका इन्चार्जमध्ये पूर्व एमालेबाट ६० प्रतिशत र पूर्व माओवादीबाट ४० प्रतिशत रहने गरि जिल्ला इन्चार्ज तोकिने भएको हो ।

Saftey Pads

उनीहरू दुई पार्टी एकताअघि साविकको पार्टीबाट जिल्ला इन्चार्ज रहेकाहरू नै हुने सहमति जुटेको नेकपा सचिवालयका एक सदस्यले बताए। यसअघि जिल्ला अध्यक्षमा एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व लिने सहमति गरेका थिए। जिल्ला इन्चार्जमा पनि करिब यही अनुसार भागबण्डा हुनेछ।

श्रीलंका भ्रमणमा रहेका नेकपाका बरिठ नेता माधव नेपाल असार २९ गते स्वदेश फर्केपछि ३० गते सचिवालय बैठक बसेर सोमबार भएको सहमति अनुसार जिल्ला इन्चार्ज तोक्ने औपचारिक निर्णय गर्ने तयारी छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट जनताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य: प्रम (पूर्णपाठ सहित)
Maruti Cement