प्रतिनिधिसभाको बैठक स्थगित

Prabhu Bank

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । प्रतिपक्षी सांसदहरु नाराबाजीमा उत्रदै रोष्टम घेराउ गर्न पुगेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक त्यसपछि बस्न नसकेको हो ।

Saftey Pads

संसद सचिवालले बुधबार एक बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ । यस अघि बिहान बसेको बैठकमा विप्लवका कार्यकर्ता कुमार पौडेल मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको र सो घटनाको छानबिनका लागि संसदीय समिति बनान माग गर्दै विपक्षी सांसदहरु रोष्टम घेर्न पुगेका थिए ।

विपक्षीको माग बमोजिम संसदीय छानबिन समिति बनाउने विषयमा सभामुख कृष्णबहादुर महराले प्रतिवद्धता जनाएपनि नाराबाजी रोकिएन । कांग्रेस र राजपाका सांसदहरुले अहिले नै छानबिन समिति बनाउन माग राख्दै रोष्टम घेराउ गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेलाई अष्ट्रेलियाको बिग बास लिगमा अफर
Maruti Cement