उदयपुरमा एक महिला मृत फेला

उदयपुर । उदयपुरमा एक महिला आफ्नै घरमा मृत भेटिएकी छन् ।

त्रियुगा नगरपालिका दशकी स्थानीय ६० वर्षीया सुनकुमारी तामाङ आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएकी हुन्।

शव जाँच मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी