‘सिरिन्ज आक्रमण’ गरेको पुष्टि नभएपछि पाठक थुनामुक्त

Prabhu Bank

काठमाण्डौ । ‘सिरिन्ज आक्रमण’ गरेको आरोप लगाउँदै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका युवक थुनामुक्त भएका छन् । अनुसन्धानका क्रममा उनी घटनामा संलग्न भएको हुनसक्ने कुनै प्रमाण नभेटिएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठकलाई थुनामुक्त गरिएको हो।

Saftey Pads

प्रहरीले पीडित भनिएकी महिलामाथि ‘सिरिन्ज आक्रमण’ भएको होरहोइन भन्ने विषय पनि निर्कयौल भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जयराज सापकोटाका अनुसार गएराति भएको छलफलबाट दुवै पक्षबीच सहमति पनि भएपछि उनलाई हिरासतबाट निकालिएको थियो ।

प्रहरीका अनुसार अहिले पीडित महिलाको टेकुको शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रबाट रिपोर्ट आएपछि थप कारबाही गर्नेरनगर्ने भन्ने निर्क्यौल हुन्छ । धुलिखेल जाने बस चढेकी १९ वर्षीया किशोरीलाई एकाएक पाखुरामा चस्स दुखे जस्तो भएको थियो । शंकास्पद सिरिन्ज आक्रमणको समाचारहरु सुनेकी उनी आत्तिएर अगाडि पछाडि हेरिन् ।

अन्य सम्बन्धित समाचार:  स्याङ्जा: हत्या अभियोगमा चार जना पक्राउ

स्याङ्जाका पाठकले बताएअनुसार उनी धुलिखेलमा उपचाररत दाइलाई भेट्न हिँडेका थिए । एकाएक सिरिन्ज आक्रमणको आरोप लागेपछि उनी पनि डराए । केहीबेरमा एक महिला बसमा चढिन् । पाठकले उनलाई सिट छाडिदिए र बनेपा चारदोबाटो आएपछि ‘यही उत्रिनुर्पयो’ भन्दै बसबाट झर्न खोजे ।

त्यसपछि सुई हान्ने यही हो भन्दै भीडले घेरा हालेर कुटपिट गर्न थालेको थियो । नजिकै रहेको प्रहरीले पाठकलाई नियन्त्रयणमा लिए तर, भीडले उनलाई छाडेन । प्रहरीले जोगाउँदा जोगाउँदै पनि पाठकमाथि दुई चार मुक्का बज्रिएको थियो ।

Maruti Cement