घुस लिने इन्स्पेक्टर माथि मुद्दा

Prabhu Bank

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी निरीक्षक लालबाबु प्रसाद साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Saftey Pads

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक साहले लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिबाट रु ७० हजार घुस लिएको अख्तियारको आरोप छ।

अख्तियारले साहले उक्त रकम आफ्नो छोराको बैक खातामा रकम जम्मा गर्न लगाएको पुष्टि भएको जनाएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को अनुसारको कसुर गरेकोले साहलाई घुस वापतको बिगो जफत गरी सोही ऐनको दफा ३ (१) (ग) बमोजिम कैद र जरिवानाको माग गरिएको छ ।

 

 

अन्य सम्बन्धित समाचार:  तेह्रथुम: करेन्ट लागेर मृत्यु
Maruti Cement