प्रधानमन्त्रीलाई नेविसंघको विषादीयुक्त तरकारी उपहार

Prabhu Bank

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त’ तरकारी र फलफूल उपहार पठाएको छ।

Saftey Pads

काठमाडौंलगायत देशका ७७ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत् नेविसंघले तरकारी र फलफूल उपहार पठाएको हो ।

सरकारले नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा नेविसंघले आन्दोलन गर्दै आएको नेविसंघ नेता सुशील भट्टले बताए। नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले काठमाडौंका प्रजिअ रामप्रसाद आचार्यमार्फत् विषादीयुक्त तरकारी र फलफूल प्रधानमन्त्रीलाई पठाएको हो।

यसैबीच नेविसंघले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि नाकामा विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न माग गर्दै नेविसंघले प्रदर्शन गरेको नेविसंघ नेता दीपक भट्टराईले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  रिपब्लिकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखसँग सोधपुछ गर्ने
Maruti Cement