नगरपालिकाका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा

Prabhu Bank

काठमाण्डौ । बाराको पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारी घुस सहित रंगेहात पक्राउ परेका छन्।

Saftey Pads

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडाले नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर रायप्रकाश सतरालाई नियन्त्रणमा लिउको हो।

सुब्बा बद्रीबहादुर थापालाई महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न नगद १४ हजार घुस सहित पक्राउ परेको आयोगले जनाएको छ ।

यस्तै ईन्जिनियर रायप्रकाश सतरालाई नेरामावि, बेनौलीको कम्पाउण्ड बाल निर्माणको सम्पन्न प्रतिवेदनमा हस्ताक्षर गर्न भन्दै नगद १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारको क्षेत्रिय कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा
Maruti Cement