सदस्य सचिव भण्डारीद्वारा पदभार ग्रहण

Prabhu Bank

हेटौडा । प्रदेश नम्बर ३ खेलकुद विकास परिषदको सदस्य सचिवमा सूर्यलाल भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सदस्य सचिव भण्डारीलाई प्रदेश राजधानी हेटौडामा पद तथा गोपनियताको सपथ गराएका हुन्।

Saftey Pads

३ नं. प्रदेश सरकारकोे असार ९ गते बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवमा काठमाण्डौ ३१ निवासी सूर्यलाल भण्डारी तथा अन्य ६ जना सदस्यहरूलाई नियुक्त गरेको थियो।

मन्त्री स्वयम् अध्यक्ष हुने ब्यवस्था रहेका परिषदमा बाँकी सदस्यहरू सामाजिक विकास मन्त्रीले नियुक्त गर्ने व्यवस्था छ। परिषदको पदेन सदस्यमा प्रदेश प्रहरी प्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव, प्रदेश योजना आयोगका सचिव रहनेछन्।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थानको प्ले अफमा पुग्ने सम्भावना कायमै

को हुन् सूर्यलाल भण्डारी?
खेलकुद क्षेत्रमा राम्रो व्यवस्थापकीय क्षमता भएको ब्यक्तिको रुपमा परिचित भण्डारी राष्ट्रिय खेलकुद परिषद अन्तरगतको राष्ट्रिय विद्यालय तेक्वान्दो महासङ्घको कोषध्यक्ष हुँदै महासचिव, नेपाल क्वानमुकान कराते दो सङ्घको उपाध्यक्ष, नेपाल एजुकेसन एण्ड स्पोट्र्स फाउण्डेसनको प्रमुख व्यवस्थापक र नेपाल विद्यालय खेलकुद महासङ्घको महासचिवको रुपमा लामो समय काम गरेका छन्।

सदस्यसचिव भण्डारी लामो समय एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रिय सचिवालय, वाईसीएल नेपालको केन्द्रिय खेलकुद विभागको सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। व्यवस्थापन र शिक्षा सङ्काय दुवैमा स्नातकोत्तर गरेका छन्।

उनले २०६८ सालमा नेपाल सरकारद्धारा प्रदान गरिने राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए । नवनियुक्त सदस्य सचिव भण्डारीलाई सफल कार्यकालको शुभकामना ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: कोलकातालाई शीर्ष चारमा उक्लने अवसर
Maruti Cement