बजेट पेस नगर्ने स्थानीय तहलाई मन्त्रालयको पत्र

Prabhu Bank

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६ ७७ को बजेट–(आय-व्यय विवरण) पेस नगर्ने स्थानीय तहलाई कारण सोधेको छ।

Saftey Pads

मन्त्रालयले सोमबार पत्रचार गर्दै आयव्यय पेस नगर्नुको कारणबारे दुई दिनभित्र जवाफ दिन आग्रह गरेको हो।

स्थानीय सरकार सचालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तरसरकारी वित्त हस्तान्तरण ऐन २०७४ को दफा ३१ को उपदफा ३ अनुसार गाउँपालिका र नगरपालिकाले आगामी आवका लागि असार महिनाको १० गतेभित्र राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ–नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

अन्य सम्बन्धित समाचार:  चन्द्रमाको सतहमा भेटियो पानी
Maruti Cement