सिरिञ्ज प्रकरणमा पक्राउ परेका खगेन्द्र निर्दोष सावित

Prabhu Bank

काठमाडौं । बनेपामा सोमबार सिरिञ्‍ज आक्रमणको हल्लापछि पक्राउ परेका स्याङ्जा वालिङ नगरपालिकाका खगेन्द्र पाठक निर्दोष रहेको पाइएको छ ।

Saftey Pads

अनुसन्धानका क्रममा उनी घटनामा संलग्न नभएको पाइएपछि उनलाई थुनामुक्त गरिएको छ । बनेपा घटनाप्रति दुबै पक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

उक्त घटनाले उब्जाएको शङ्काउपशङ्का तथा निर्दोषमाथि कुटपिट भएकोमा दुःख व्यक्त गरिएको छ ।

विज्ञप्तिमार्फत शङ्काको भरमा आगामी दिनमा कुनै पनि सामाजिक घटना नदोहोर्‍याउने समेत बताइएको छ ।

धुलिखेल जाने बस चढेकी काभ्रेपलाञ्चोकको चौँरी देउराली गाउँपालिका बस्ने सपना बागदासले घोचेको महसुस गरेपछि आफूमाथि सिरिञ्‍ज आक्रमण भएको हल्ला गरेकी थिइन् ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा विरुद्ध ३ वटा उजुरी

 

Maruti Cement