६० बालबालिकामाथि गाडी दौडाउनेलाई मृत्युदण्ड

Prabhu Bank

काठमाडौं । चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्ने क्रममा जथाभावी गाडी चलाएर ६ बालबालिकाको हत्या गर्ने एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

Saftey Pads

सो घटनामा अरु २० जना घाइते भएका थिए । हान जिहुवा नाम गरेका अभियुक्तले सेडान कार ६० जना बालबालिकाको भिडमा दौडाएका थिए । जसमा ६ बालबालिकाको मृत्यु भएको थियो ।

गत वर्ष नोभेम्बर २२ मा भएको उक्त घटनामा दुई शिक्षकसमेत घाइते भएका थिए । घटनापछि फरार भएका ती चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले आदेशमा हान जिहुवाले जानाजान बालबालिकामाथि गाडी दौडाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

 

अन्य सम्बन्धित समाचार:  भियतनाममा बाढीबाट दुई हप्ताभित्र ९० जनाको मृत्यु
Maruti Cement