ओखलढुङ्गा दुर्घटना फलोअपः ३ को घटनास्थलमै मृत्यु(नामसहित)

काठमाडौं । काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित डडुवामा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान करिब ४ बजे मे १ ख १८९१ नम्बरको बस दुर्घटना हुँदा अन्य १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका चालक झापा घर भएका कृष्ण बहादुर  बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धामी रहेका छन् ।

घाइते ३ जनालाई तत्काल उपचारका लागि काठमाडौं पठाइएको ओखलढुङ्गा प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेलाई पनि काठमाडौं पठाउने तयारी गरिएको छ ।

बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

 

तपाईंको प्रतिक्रिया/टिप्पणी