कञ्चनपुरमा शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

Prabhu Bank

काठमाडौं । कञ्चनपुरको एक निजी विद्यालयका शिक्षकको कुटाइबाट एक छात्रको मृत्यु भएको छ ।

Saftey Pads

भीमदत्त नगरपालिका १७ को ‘महाकाली बाल विद्यालय’का शिक्षकको कुटाइबाट घाइते भएका छात्र माधव कलौनीको गएराती मृत्यु भएको हो ।

कलौनीको उपचारको क्रममा भारतको धर्ममूर्ति अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन् । कलौनीको मृत्युको खबरपछि विद्यालयका प्रधानाध्यापकसहित ४ शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कलौनीको मृत्युको खबर सुनेपछि नियन्त्रणबाहिर जान्छन् भनेर हामीले उनीहरूलाई नियन्त्रणमा लिएका हौं ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर कृष्णनन्द भट्टले नेपाली पत्रिकालाई भने ।

विद्यालयमा साथीहरूसँग झगडा गरेको विषयलाई लिएर  विद्यालयमै शिक्षकहरूले सामूहिक कुटपिट गरेको कलौनीको बाबु बृहस्पति कलौनीको दावी छ ।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

घाइते कलौनीलाई डडेल्धुराको उपक्षेत्रीय अस्पताल, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

शिक्षकको सामूहिक कुटाइबाट कलौनीको टाउको तथा छातिमा गम्भीर चोट लाग्नुका साथै एउटा खुट्टासमेत भाँचेको थियो ।

Maruti Cement