भोजपुरमा विप्लव समुह र प्रहरीबीच भीडन्त, एक प्रहरीसहित दुईको मृत्यु

काठमाण्डौ । भोजपुरमा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ।

बुधबार बिहान सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जिव राई र विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राईको मृत्यु भएको हो।

प्रहरीले नीरकुमारको साथबाट पेस्तोलसमेत बरामद गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

हरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी