अछाममा आफ्नै ससुरा र ठूलो बुबाको हत्या

Prabhu Bank

काठमाण्डौ । अछाममा एक युवाले आफ्नै ससुरा र ठूलो  बुबाको हत्या गरेका छन्। मंगलसेन नगरपालिका १ कुन्तीवण्डाली ढुंगानीका पिरम साउद (लफे)ले बुधबार ५५ वर्षीय ससुरा वीरभान थापा र ठूलो बुबा ७२ वर्षीय देउसिंह साउदलाई दाउराको चिरपटले हानेर निर्ममतापूर्वक हत्या गरेका हुन्।

Saftey Pads

घटना भएको थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाही नेतृत्वको टोली घटनास्थल पुगेको थियो । डीएसपी शाहीका अनुसार ससुरा र ठूलो बुबाको हत्यापछि अभियुक्त साउद फरार रहेका छन् ।

उनलाई पक्राउ गर्न ढुंगानी गाउँ आसपासका नाकाहरूमा प्रहरी परिचालन गरिएको  छ । के कारणले हत्या भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेकोले पछि मात्रै हत्याको कारण खुल्ने प्रहरीको भनाई छ ।

अन्य सम्बन्धित समाचार:  वामपन्थको बाह्रखरी: ओ ओली बा, कमरेड क, चरी चुच्चे च राष्ट्रवादी र…
Maruti Cement