नवलपरासीमा सवारी दुर्घटना, प्रहरी जवानको मृत्यु

Prabhu Bank

नवलपरासी । नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। मध्यबिन्दु नगरपालिका १० दुम्बिास अरुणखोलाबीच जङ्गलमा रोकी राखेको ना ६ ख ५२०७ नम्बरको ट्रकसँग लु २२ प २८९९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक पाल्पाको तिनाउ गाउँपालिका १ बस्ने २७ वर्षका भीम राजबहादुर छहरी मगरको मृत्यु भएको हो।

Saftey Pads

उनी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रूपन्देही बाहिनी नं. ५ चनौटा कपिलवस्तु दरबन्दी भई विओपि बोगडी रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान रहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति नै निधन भएको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  गृह मन्त्रालय भन्छ- सङ्कटकाल वा कर्फ्यु लाग्ने कुरा तथ्यहीन
Maruti Cement