सिन्धुलीमा कार र माइक्रोबस ठोकियो, १० यात्रु घाइते

Prabhu Bank

सिन्धुली । सिन्धुलीमा कार र माइक्रोबस एकापसमा ठोकिदा १० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। काठमाडौंबाट सिन्धुली तर्फ जाँदै गरेको बा५ख २२९८ नम्बरको माइक्रोबस र बा१४च ८५१८ नम्बरको कार एकापसमा ठोकिदा दुर्घटना भएको हो।

Saftey Pads

सिन्धुलीबाट काठमाडौं तर्फ आँउदै गरेको ना१ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं आँउदै गरेको कारले ओभरटेक गर्दा काठमार्डौं बाट सिन्धुलीको खुर्कोटतर्फ जाँदै गरेको माइक्रोबस सँग ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ।

उनका अनुसार दुर्घटनामा माइक्रोमा सवार ९ जना यात्रु र कारका चालक घाइते भएका छन्। घाइते सबैको सुनकोशी ६ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  पहिरोपीडितको व्यथा: त्रिपालभित्र जमरा राखेर दशैँ
Maruti Cement