अमेरिकाले बनायो इरानको तेल ट्यांकरमा कब्जा गर्न रणनीति

Prabhu Bank

काठमाडौं । अन्तर्रा्ष्ट्रिय जलमार्गमा इरानको तेल ट्यांकरहरूमा साझेदारहरूमार्फत कब्जा गर्ने रणनीति अमेरिकाले बनाएको छ ।

Saftey Pads

इरानलाई जल नाकाबन्दी गर्न पनि अमेरिका तम्सेको छ । यो सबै उसले जलआवागमन स्वतन्त्रताको नाममा गर्न लागेको हो ।

अमेरिकाले ‘होर्मुज र बाब अल–मान्डेबको जलडमरुमा जलआवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ गठबन्धन बनाउन खोजेको जोइन्ट चीफ्स अफ स्टाफ जोसेफ डनफोर्डले मंगलवार बताए । यो जलमार्गले पर्सियन खाडीलाई ओमानको खाडीसँग जोड्छ अनि रेड सीलाई अदनको खाडीसँग जोड्छ ।

अमेरिकाले राजनीतिक इच्छाशक्ति देखाउने विभिन्न देशसँग सम्पर्क गरेर यस रणनीतिमा सहयोग चाहेको मरिन जनरलले बताए ।

अन्य सम्बन्धित समाचार:  सामसुङ कम्पनीका अध्यक्ष ली कुन हीको निधन
Maruti Cement